त्यतिबेला आलोचना, आज बाढीले दियो जवाफ!
भाद्र ३०। जडिबुटीस्थित सुकुम्बासी बस्ती हटाउने निर्णय गर्दा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको व्यापक आलोचना भएको थियो। तर आज मनोहरा खोलामा आएको भीषण बाढीले सोही क्षेत्र जलमग्न भएपछि उक्त निर्णयको अर्को पक्ष देखिएको छ। बस्ती हटाउँदा बालेनले नागरिकलाई बाढीको जोखिमबाट जोगाउन कदम चालिएको बताएका थिए। आजको बाढीले त्यही दाबीलाई फेरि चर्चामा ल्याएको छ। यदि त्यहाँ बाक्लो बस्ती यथावत् रहेको भए क्षति अझ ठूलो हुन सक्ने अनुमान गर्न सकिन्छ। खोलाको बहाव अझै उच्च रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ।









