डिजिटल संसद्बारे छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
भाद्र ३०। डिजिटल संसद्सम्बन्धी विषयमा छलफल गर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बैठकमा संसद्का कामकारबाहीलाई प्रविधिमैत्री बनाउने, डिजिटल संसद् कार्यान्वयन तथा यससँग सम्बन्धित आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।









