image
image
एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किँदै

एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली टोली आज स्वदेश फर्किँदै

भाद्र २८। एसीसी पुरुष प्रिमियर कपको उपाधि जित्दै सन् २०२७ को एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै छ। मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ४४ रनले पराजित गर्दै उपाधि जितेको हो।

नेपालले फाइनलमा पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन बनाएको थियो। ओपनर आसिफ शेखले १०६ बलमा १०२ रनको शतकीय पारी खेलेपछि नेपालले बलियो योगफल तयार गरेको थियो। गुल्सन झा, अर्जुन कुमाल र रोहित पौडेलले पनि महत्वपूर्ण योगदान दिएका थिए।

३१४ रनको लक्ष्य पछ्याएको यूएईलाई नेपाली बलरहरूले ४९.१ ओभरमा २६९ रनमै अलआउट गरे। करण केसीले तीन विकेट लिए भने ललित राजवंशी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र गुल्सन झाले पनि महत्वपूर्ण विकेट लिए।

यो जितसँगै नेपालले दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जितेको छ। साथै, नेपालले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपका लागि स्थान पक्का गरेको छ।

उपाधिसहित नेपाली टोली आज राति ९ः४५ बजे मलेसियन एयरलाइन्समार्फत काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। स्वदेश फर्किने टोलीलाई स्वागत गर्न समर्थकहरू विमानस्थलमा भेला हुने अपेक्षा गरिएको छ।

यस उपाधिले नेपाली क्रिकेटमा नयाँ उत्साह थपेको छ। एसिया कपमा पुनः स्थान बनाउन सफल नेपाली टोली अब अझ ठूलो अन्तर्राष्ट्रिय चुनौतीका लागि तयार हुँदैछ। कप्तान सन्दीप लामिछानेले उपाधिलाई हालैको बाढीबाट प्रभावित नेपालीहरूप्रति समर्पित गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।