BREAKING: दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी रकम
भाद्र २५। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको छ। पछिल्लो विवरणअनुसार कोषमा नेपाली रुपैयाँसँगै विदेशी मुद्रासमेत जम्मा भएको छ। कोषका दुईवटा बैंक खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर रहेको जनाइएको छ। पछिल्लो समय बाढी, पहिरो तथा अन्य विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा व्यवसायीहरूले कोषमा ठूलो मात्रामा सहयोग रकम जम्मा गरिरहेका छन्।









