image
image
चिलिमे सुरुङमा उद्धारको नयाँ संकेत, १०५ मिटरभित्र चिसो हावा र दोहोरो बहाव

चिलिमे सुरुङमा उद्धारको नयाँ संकेत, १०५ मिटरभित्र चिसो हावा र दोहोरो बहाव

भाद्र २५। चिलिमे सुरुङभित्र जारी खोज तथा उद्धारका क्रममा नयाँ संकेत फेला परेको छ। नेपाली सेनाको उद्धार टोलीबाट प्राप्त पछिल्लो जानकारीअनुसार सुरुङभित्र करिब १०५ मिटर भित्र पुगेपछि बाहिरपट्टिबाट चिसो हावा आएको र हावाको दोहोरो बहाव महसुस भएको छ। यसले सुरुङभित्र हावा आवतजावत भइरहेको संकेत देखाएको उद्धार टोलीको भनाइ छ। सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त भइसकेको छैन भने उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा पनि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको छ। चिसो हावा र दोहोरो हावा बहाव देखिनुलाई उद्धारका क्रममा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।