दिनमै बन्यो देवीघाटको पुल, आवागमन सहज
भाद्र २५। देविघाटको पुल पूर्ण रूपमा सञ्चालनमा आएको छ। बाढी तथा अन्य कारणले प्रभावित बनेको पुल मर्मत तथा आवश्यक व्यवस्थापनपछि पुनः पूर्ण रूपमा सञ्चालनमा आएको हो। पुल सञ्चालनमा आएसँगै स्थानीयवासी तथा यात्रुहरूलाई आवतजावतमा सहज भएको छ। पुल सञ्चालनमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नेपाली सेनाप्रति धन्यवाद व्यक्त गरिएको छ।









