सुनको मूल्य बढ्यो, प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार
भाद्र २५। नेपाली बजारमा सुनको मूल्य आज प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ४०० रुपैयाँले बढेको हो। यससँगै सुनको भाउ हालसम्मकै उच्चस्तर नजिक पुगेको छ।









