अल–इत्तिहादसँग पराजित भयो अल–नासर, रोनाल्डोको टोली शीर्ष स्थानबाट ३ अंक पछाडि
भाद्र २२। साउदी प्रो लिगमा अल–इत्तिहादले क्रिस्टियानो रोनाल्डोको टोली अल–नासरलाई २–१ ले पराजित गर्दै लिगको शीर्ष दौडमा ठूलो धक्का दिएको छ। अल–इत्तिहादको जितमा जर्ज इलेनिखेनाले दुई गोल गरे भने अल–नासरका लागि एन्जेलो गाब्रियलले एक गोल फर्काए। यो हारसँगै अल–नासरको यस सिजनको अपराजित यात्रा समाप्त भएको छ र टोली १५ अंकसहित शीर्ष स्थानमा रहेको अल–हिलालभन्दा ३ अंक पछाडि परेको छ। अल–हिलालले अल–शबाबलाई २–० ले हराउँदै पाँच खेलमा पाँचौं जित निकालेर शीर्ष स्थान थप मजबुत बनाएको छ।









