भोटेकोसी बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा स्वस्तिवाचन तथा दीप प्रज्वलन
भाद्र २२। भोटेकोसी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार कास्कीको पोखरा महानगरपालिका–१६, सिसाघारीमा स्वस्तिवाचन तथा दीप प्रज्वलन गरिएको छ। बाढीमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै १३औँ पुण्यतिथिको अवसरमा धार्मिक विधिअनुसार स्वस्तिवाचन तथा दीप प्रज्वलन गरिएको हो। कार्यक्रममा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको आत्माको शान्तिको कामना गरिएको थियो।









