रसुवा बाढीको १३औँ दिन राष्ट्रिय झण्डा आधा झुकाइयो, आज राष्ट्रिय शोक
भाद्र २२। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपालले आज राष्ट्रिय शोक मनाइरहेको छ। सरकारको निर्णयअनुसार देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै मृतकको सम्मान र बेपत्ताको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।









