सुन र चाँदीको मूल्य घट्यो, नेपाली बजारमा आयो गिरावट
भाद्र २२। नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेर ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७ सय २५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै पछिल्लो एक सातामा सुनको मूल्यमा उल्लेख्य उतारचढाव देखिएको छ।









