नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
भाद्र १७ । नेपाल तेस्रो संस्करणको पुरुष एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।
नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरेको थियो। समूह ‘ए’ मा रहेको नेपालले अब १० सेप्टेम्बरमा सेमिफाइनल खेल्नेछ।









