image
image
‘लाङटाङ खोला’को सुरुङबाट दुई शव निकालियो, बेपत्ताको खोजी जारी

‘लाङटाङ खोला’को सुरुङबाट दुई शव निकालियो, बेपत्ताको खोजी जारी

 बिहीबार, १८ ।  रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट नेपाली सेनाको उद्धार टोलीले दुई जनाको शव निकालेको छ। बिहीबार सुरुङभित्र खोजी तथा उद्धारका क्रममा दुई शव फेला पारेर बाहिर निकालिएको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिएका छन्।

बुधबार हाइड्रो–मेकानिकल इन्जिनियरसहित ७–८ जनाको प्राविधिक टोली खाली पेनस्टक पाइपभित्र प्रवेश गरी करिब १५० मिटर माथिसम्म पुगेर वैकल्पिक बाटो तयार गरेको थियो। सोही बाटो प्रयोग गरेर सेनाको टोलीले दुई शव बाहिर निकालेको हो।

यसअघि सुरुङको मुख्य प्रवेशमार्गबाट उद्धार टोली भित्र पस्ने प्रयास गरेको थियो। तर ढुंगा, माटो र लेदो भरिएका कारण करिब १०० मिटरभित्र पुगेपछि थप अघि बढ्न सकेको थिएन। सुरुङभित्र अझै अन्य व्यक्ति फसेको आशंका रहेकाले खोजी तथा उद्धार कार्य जारी छ।

२० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा अझै ठूलो संख्यामा कर्मचारी सम्पर्कविहीन रहेको विभिन्न पछिल्ला विवरणमा उल्लेख छ। तथ्यांक भने उद्धारसँगै अद्यावधिक भइरहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।