जापानबाट नेपाललाई ९.३ टन आपत्कालीन राहत सामग्री
भाद्र १८। बाढी तथा पहिरोबाट प्रभावित नेपाली नागरिकका लागि जापानले करिब ९.३ टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) मार्फत उपलब्ध गराइएको राहत सामग्रीमा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने टेन्ट, कम्बल, सुत्ने प्याड, प्लास्टिक सिटलगायत सामग्री रहेका छन्। बाढीका कारण घर तथा पूर्वाधार गुमाएका र अस्थायी आश्रयमा बसिरहेका नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले सामग्री पठाइएको हो। विपद्पछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त भइरहेको सहयोगअन्तर्गत जापानको यो सहायता पनि महत्वपूर्ण मानिएको छ।









