image
image

तिब्बतको बाढी प्रभावित क्षेत्रमा सडक पुनः सञ्चालन, उद्धार टोलीलाई सहज

भाद्र १७। नेपालसँग जोडिएको ग्यिरोङ सीमा नाकातर्फ जाने जी–२१६ राष्ट्रिय राजमार्ग बाढी र पहिरोका कारण क्षतिग्रस्त भएपछि अवरुद्ध भएको सडक बुधबार पुनः सञ्चालनमा आएको छ। सडक खुलेसँगै उद्धार टोली, राहत सामग्री र आवश्यक उपकरणलाई बाढी प्रभावित क्षेत्रको मुख्य भागसम्म स्थलमार्गबाटै पुर्‍याउन सहज भएको छ।

चीनले निरन्तर वर्षा र कठिन भौगोलिक अवस्थाबीच सडक मर्मत गरेको हो। सडक खुलेपछि ठूला मेसिन, खोज तथा उद्धार उपकरण र उद्धार टोली प्रभावित क्षेत्रमा प्रवेश गरेका छन्, जसले बेपत्ता व्यक्तिहरूको खोजीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।