बाढी विपत्तिबारे संसदमा बालेन : उद्धार र पुनःस्थापनामा सरकारको जोड
भाद्र १७, २०८३। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकार उद्धार, राहत र पुनःस्थापनामा गम्भीरतापूर्वक जुटिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले विपत्तिपछि सुरक्षा निकायलाई तत्काल परिचालन गरी प्रभावित नागरिकको खोज तथा उद्धार गरिएको र घाइते तथा विस्थापितलाई आवश्यक उपचार, खाना र आश्रयको व्यवस्था गरिएको जानकारी दिए। प्रधानमन्त्री शाहले बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणसँगै प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै विपत्तिको सामना गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।









