image
image
नागढुंगा चेकपोस्ट नजिक सडक भासियो, यात्रुलाई सतर्कता अपनाउन आग्रह

नागढुंगा चेकपोस्ट नजिक सडक भासियो, यात्रुलाई सतर्कता अपनाउन आग्रह

भाद्र १७, २०८३। नागढुंगा चेकपोस्ट नजिकै सडक भासिएपछि काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने यातायात प्रभावित भएको छ। चेकपोस्टबाट करिब ७ सय मिटर पर पटलेबन क्षेत्रमा सडकको भाग भासिएपछि सवारी आवागमनमा जोखिम बढेको हो।

निरन्तर वर्षाका कारण सडक थप भासिन सक्ने तथा आसपासका क्षेत्रमा पहिरोको जोखिमसमेत रहेकाले चालक तथा यात्रुलाई अत्यावश्यक अवस्थामा बाहेक जोखिमपूर्ण यात्रा नगर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ। सडकमा आवतजावत गर्दा गति कम गर्न, सडक किनारबाट सुरक्षित दूरी कायम राख्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आवश्यक देखिएको छ।

नागढुंगा–मुग्लिङ सडक राजधानी प्रवेश गर्ने प्रमुख मार्ग भएकाले सडकमा समस्या आउँदा लामो समयसम्म यातायात प्रभावित हुन सक्ने अवस्था छ। वर्षायाममा यस क्षेत्रमा पहिरो र सडक भासिने जोखिम उच्च रहने भएकाले यात्रुले थप सावधानी अपनाउनुपर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।