‘तिनीहरू : Elephants in the Fog’विशेष प्रदर्शनीबाट बाढीपीडितलाई सहयोग
भाद्र १७, २०८३ । अविनाश विक्रम शाह निर्देशित नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट इन द फग’ ले बाढीपीडितको सहयोगका लागि १७ भदौ बुधबार क्युएफएक्स सिभिल मल, सुन्धारामा विशेष प्रदर्शनी गर्ने भएको छ। प्रदर्शनीबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने फिल्मको टिमले जनाएको छ। कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा जुरी अवार्ड जितेर इतिहास बनाएको यो फिल्म भदौ १९ देखि देशभर प्रदर्शनमा आउँदैछ।









