image
image
७८ वर्षीय धनपति भण्डारीको प्रेरणादायी सहयोग

७८ वर्षीय धनपति भण्डारीको प्रेरणादायी सहयोग

भाद्र १७, २०८३। राष्ट्रिय विपद्का बेला सहयोग गर्ने भावना उमेरले रोक्दैन भन्ने उदाहरण ७८ वर्षीय धनपति भण्डारीले प्रस्तुत गरेका छन्। उनले सिंहदरबार पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफैं भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि रु. ७ लाख ७७ हजार ७७७ रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। देश विपद्को कठिन परिस्थितिबाट गुज्रिरहेका बेला आफ्नो व्यक्तिगत तर्फबाट यति ठूलो रकम सहयोग गर्दै भण्डारीले प्रभावित नागरिकको राहत र उद्धारमा साथ दिएका हुन्। उनको यो पहलले आर्थिक सहयोगभन्दा पनि विपद्मा एकअर्कालाई साथ दिनुपर्ने मानवीय भावना र नागरिक जिम्मेवारीको प्रेरणादायी सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।