चीनले पूर्वसूचना नदिएको आरोप दूतावासद्वारा अस्वीकार
११ भदौ, काठमाडौं । रसुवागढी–केरुङ सीमाक्षेत्रमा आएको भीषण बाढी तथा पहिरोबारे चीनले नेपाललाई समयमै पूर्वसूचना नदिएको भन्ने आरोपप्रति नेपालस्थित चिनियाँ दूतावासले आपत्ति जनाएको छ। दूतावासले उक्त आरोपलाई भ्रामक र तथ्यहीन भन्दै खण्डन गरेको हो।
दूतावासले सार्वजनिक गरेको स्पष्टीकरणमा नेपालमा फैलिएका दुई प्रमुख दाबीलाई ‘फेक न्युज’ भन्दै असत्य रहेको जनाएको छ। चिनियाँ पक्षले बाढी तथा पहिरोसम्बन्धी सूचना र आफ्नो भूमिकाबारे लगाइएका आरोपमा सत्यता नरहेको स्पष्ट पारेको छ।









