काठमाडौंमा किसानको प्रदर्शन: गोलभेंडा सडकमा फालेर सरकारविरुद्ध विरोध
काठमाडौं : माइतीघर मण्डलमा किसानहरूले उत्पादन गरेको गोलभेंडाले उचित मूल्य नपाएको भन्दै सडकमै गोलभेंडा फालेर विरोध प्रदर्शन गरेका छन्।
किसानहरूले कृषि उपजको उचित मूल्य सुनिश्चित गर्न, कृषि बीमा प्रभावकारी रूपमा लागू गर्न, गोलभेंडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न तथा बजार व्यवस्थापन सुदृढ बनाउन माग गरेका छन्।
प्रदर्शनका क्रममा उनीहरूले 'कृषि बीमा लागू गर', 'गोलभेंडासहित अन्य तरकारीको न्यूनतम समर्थन मूल्य कायम गर', 'किसानलाई सही बजार व्यवस्थापन गर' लगायतका सन्देश लेखिएका प्लेकार्ड बोकेका थिए।
किसानहरूले उत्पादनको लागतसमेत उठाउन नसकेको गुनासो गर्दै सरकारसँग तत्काल प्रभावकारी नीति र बजार व्यवस्थापनको माग गरेका छन्।









