इन्डोर सेलेब्रिटी क्रिकेट लिगको खेलाडी अक्सन सम्पन्न, चार टोली तयार
काठमाडौं। सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा हुन लागेको 'इन्डोर सेलेब्रिटी क्रिकेट लिग (ICCL)' को खेलाडी अक्सन सम्पन्न भएको छ। प्रतियोगितामा सहभागी टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्स ले अक्सनमार्फत आफ्ना खेलाडी अनुबन्ध गर्दै टोलीलाई पूर्णता दिएका छन्।
साउन १ गते शुक्रबार क्रिकेट एक्सिलेन्स सेन्टरको इन्डोर ग्राउण्डमा हुने प्रतियोगितामा चर्चित कलाकार, गायक, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरू मैदानमा उत्रिनेछन्। अक्सन कार्यक्रममा विक्रान्त कार्की, विप्लव प्रतीक, बद्री पंगेनी, सन्दीप क्षेत्रीलगायतको उपस्थिति रहेको थियो।
क्रिकेट उत्सवका फाउन्डर विवेक खतिवडा ले यस्ता प्रतियोगिताले खेल भावना, मित्रता र एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् भने प्रतियोगिताको संयोजन सञ्जीव उपाध्याय ले गरेका हुन्।
फाइनल भएका चार टोली
🏏 टिम च्याम्पियन्स (कप्तान: सन्दीप क्षेत्री)
सन्तोष उपाध्याय, रवि ओड, पुरुषोत्तम मल्लिक, सौरभ शर्मा (विकेटकिपर), अभि निरौला (फास्ट बलर), क्रिश बम, सोनाम पाख्रिन, रमेश चन्द सोडारी र टंक तिमिल्सिना।
🏏 टिम रेन्जर्स (कप्तान: बद्री पंगेनी)
पेमा लामा, भ्योमा, कविर खड्का, मौसम हिमाली, सुरेश न्यौपाने, सञ्जीव, सुबिज्ञराज पाण्डे, विजु पार्की र मोहन खड्का।
🏏 टिम वारियर्स (कप्तान: विप्लव प्रतीक)
मार्की खेलाडी: दिलिप ओखेडा
भरत कार्की (विकेटकिपर), सन्तोष बानियाँ, आकाश खड्का, जेरी भण्डारी, लोकी रेग्मी, लक्की आचार्य र पासाङ योञ्जन लामा।
🏏 टिम टाइटन्स (कप्तान: विक्रान्त कार्की)
मार्की खेलाडी: नायक सुधिर श्रेष्ठ
सौगात विष्ट, सरोज भण्डारी, अनित विष्ट, दिपु कर्ण, सञ्जिव पाठक र राजेश बिसी









