अब College मा NO Politics! TU को ठूलो निर्णय
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पूर्ण आंगिक क्याम्पसहरूमा रहेका दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ।
विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले विश्वविद्यालय अनुदान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार क्याम्पस प्रमुखहरूलाई यो निर्णय यथाशीघ्र कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो।
सरकारको १०० बुँदे सुशासन सुधार कार्ययोजनाअनुसार:
✅ ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाइने
✅ ९० दिनभित्र विद्यार्थीको प्रतिनिधित्वका लागि Student Council वा Voice of Students जस्ता वैकल्पिक संयन्त्र विकास गरिने लक्ष्य रहेको छ।









