अमेरिकाबाट चोरी भएका दुई ऐतिहासिक मूर्ति नेपाल फिर्ता
काठमाडौँ । अमेरिकाबाट नेपालका दुई अमूल्य पुरातात्त्विक मूर्ति फिर्ता गरिएको छ। न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा आयोजित समारोहमा तेह्रौँ शताब्दीको पद्मपाणी र सोह्रौँ शताब्दीको नृत्यदेवी मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो। यी दुवै मूर्ति वर्षौंअघि चोरी गरी अमेरिका पुर्याइएको थियो। अमेरिकी निकायहरूको सहयोगमा बरामद गरिएका मूर्तिहरू जुन २५ मा नेपाल पठाइने र काठमाडौं पुगेपछि सम्बन्धित सरकारी निकायलाई बुझाइने जनाइएको छ।









