image
image
रोनाल्डोको ऐतिहासिक कमब्याक! दुई गोलसहित पोर्चुगलको ५–० को शानदार जित

रोनाल्डोको ऐतिहासिक कमब्याक! दुई गोलसहित पोर्चुगलको ५–० को शानदार जित

काठमाडौँ । पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वकपमा मंगलबार राति उज्बेकिस्तानविरुद्ध दुई गोल गरेर राति टोलीलाई ५–० को फराकिलो जित दिलाए ।

अमेरिकाको ह्युस्टन रंगशालामा भएको खेलमा रोनाल्डोले पहिलो हाफमै दुई गोल गर्दै पोर्चुगलको सहज जितमा महत्त्वपूर्ण भूमिका खेले । उद्घाटन खेलमा डीआर कंगोसँग १–१ को निराशाजनक बराबरी खेलेपछि आलोचनाको सामना गरिरहेको पोर्चुगल र रोनाल्डोका लागि यो प्रदर्शन राहतको विषय बन्यो ।

यसअघि विश्वकपमा लियोनेल मेस्सी, एर्लिङ हालान्ड र किलियन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गर्दै गोल गरेका थिए । रोनाल्डोले पनि आफ्नो प्रभावशाली उपस्थिति देखाउँदै विश्वकपका ६ वटा संस्करणमा गोल गर्ने इतिहासकै पहिलो खेलाडी बन्न सफल भए । साथै, उनले पोर्चुगलका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि कायम गर्दै युसेबियोलाई पछि पारे ।


पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले रोनाल्डो र मेस्सीबीचको प्रतिस्पर्धाले फुटबललाई नयाँ उचाइमा पुर्‍याएको बताए । दुवै खेलाडीको प्रतिस्पर्धाले उनीहरूलाई अझ उत्कृष्ट बन्न प्रेरित गरेको उनको भनाइ छ ।

‘रोनाल्डो राष्ट्रिय टोलीका लागि एक प्रतीक र आदर्श व्यक्तित्व हुन् । मैदानमा मात्र होइन, ड्रेसिङ रूममा पनि उनको व्यवहार उदाहरणीय छ,’ मार्टिनेजले सञ्चारकर्मीहरूलाई भने, ‘गोल मात्र होइन, उनले सिर्जना गर्ने अवसर र पासहरू पनि टोलीका लागि महत्त्वपूर्ण छन् ।’


दुई गोल गरेपछि मैदान छोड्दै गर्दा रोनाल्डोले क्यामेरातर्फ हेर्दै ‘म फर्किएको छु’ भनेर प्रतिक्रिया दिएका थिए । प्रशिक्षक मार्टिनेजकाले रोनाल्डोको क्षमतामाथि कहिल्यै शंका नगरेको बताए ।

‘उनी पनि एक सामान्य मानिस हुन्, र भावनाहरू व्यक्त गर्न पाउँछन् । तर, मैले काम गरेका खेलाडीहरूमध्ये उनीजस्तो हरेक दिन अझ मेहनत गर्न तयार हुने खेलाडी कमै छन्,’ उनले भने ।

उज्बेकिस्तानका प्रशिक्षक तथा सन् २००६ मा इटालीलाई विश्वकप जिताएका पूर्वकप्तान फाबियो कानाभारोले पनि रोनाल्डोको दीर्घकालीन उत्कृष्ट प्रदर्शनको प्रशंसा गरे ।


‘रोनाल्डोविरुद्ध खेल्दा एक सेन्टिमिटर पनि ठाउँ दिनु हुँदैन । यदि अवसर दिए भने उनले गोल गरिहाल्छन्,’ कानाभारोले भने, ‘उनी अत्यन्त व्यावसायिक खेलाडी हुन् । खेलपछि मैले उनलाई अझ केही वर्ष खेल्दै फुटबलको आनन्द लिन शुभकामना दिएको छु ।’


यसैबीच, फिफा अध्यक्ष जियानी इन्फान्टिनोले रोनाल्डोको ऐतिहासिक उपलब्धिप्रति बधाई दिँदै प्रतियोगिताको बाँकी यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।