नगरकोटमा चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ
काठमाडौँ । भक्तपुरको नगरकोटमा सामान्य विवादले उग्र रुप लिँदा भएको झडपमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ। भक्तपुर नगरपालिका–९, नगरकोटस्थित क्षेत्रमा ८ असार राति करिब १० बजे सामान्य विवादका क्रममा झगडा भएको थियो।









