अमेरिका–इरान युद्धविरामपछि पनि ट्रम्पको चेतावनी
काठमाडौँ । अमेरिका र इरानबीच युद्धविराम तथा अन्तरिम शान्ति सम्झौता भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता उल्लङ्घन गरे पुनः आक्रमण गर्न सकिने चेतावनी दिएका छन्। ट्रम्पले आगामी ६० दिनभित्र स्थायी शान्ति सम्झौताका लागि वार्ता जारी रहने बताएका छन्।
इरानले भने सम्झौताप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसलाई ऐतिहासिक उपलब्धि भनेको छ। सम्झौतामा प्रतिबन्ध फुकुवा, रोक्का सम्पत्ति खुला गर्ने, समुद्री आवतजावत सहज बनाउने तथा युद्धपछिको पुनर्निर्माणका लागि लगानी कोष स्थापना गर्ने विषय समावेश छन्।
युद्धविरामका कारण तेलको मूल्य घटे पनि ट्रम्पको पछिल्लो चेतावनीपछि बजारमा पुनः चिन्ता बढेको छ।









