image
image
इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी

इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी


काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने दाबी गरेका छन्।सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेखेर ट्रम्पले अमेरिकी समयअनुसार आज हस्ताक्षर हुने दाबी गरेका हुन्। सम्झौतामा भोलि हस्ताक्षर हुने तालिका छ। हस्ताक्षर हुनेबित्तिकै हर्मुज जलमार्ग सबैका लागि खुला हुनेछ, ट्रम्पले शनिबार राति ट्रुथ सोसलमा लेखेका छन्।

उनले इरानले अब आणविक हतियार नचाहेको र कुनै पनि माध्यमबाट त्यस्तो क्षमता हासिल  गर्न नपाउने दाबी गरे।  उनले अमेरिका–इरान सम्बन्ध अघिल्ला प्रशासनको तुलनामा राम्रो भएको दाबी समेत गरे।ुओबामाले जस्तो सयौं अर्ब डलर नगद इरानलाई दिइने छैन। कुनै रकम आदानप्रदान हुने छैन, उनले भनेका छन्।

इरानको बाँकी रहेका आणविक भट्टीहरू अमेरिकी बी–२ बमबर्षक विमानबाट ध्वस्त पारिने पनि बताएका छन्। इरानसँग भएको ४०० किलो उच्च प्रशोधित युरेनियम पनि नष्ट गरिने उनले बताएका छन्।ट्रम्पले इरानको उच्च प्रशोधित  युरेनियमलाई आणविक धुलो भन्छन्।

सबै कुरा शान्त भएपछि पहाडका सैयौं फिट तल गाडिएको आणविक धुलोलाई निकाल्नेछौं। त्यसलाई इरान वा अमेरिकामा नष्ट गर्नेछौं, उनले लेखेका छन्। इरान र मध्यपूर्वसँग काम गर्न अमेरिका आतुर रहेको उनले बताएका छन्। त्यसकारण सम्झौता चाँडै गर्ने पक्षमा रहेको ट्रम्पले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।