image
image
हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित

हुम्ला–बाजुरा सीमा विवादले मुगुलाई असर, पर्यटन क्षेत्र प्रभावित


काठमाडौं ।  छिमेकी मुगुसँग जोडिएका हुम्ला र बाजुरा जिल्लाको सीमा विवादको अवस्था चर्किँदै जाँदा त्यसको असर मुगुमा परेको छ ।बाजुराको हिमाली युवा क्लबले कर्णाली कोरिडोर अनिश्चितकाका लागि बन्द गर्ने घोषणा गरेपछि मुगुको सोरु गाउँपालिका, खत्याड गाउँपालिका स्थानीयलाई सवारी आवतजावत र पूर्वाधार तथा विकास निर्माणका सामाग्रीहरू ढुवानीमा समस्या साथै रारा र हुम्ला, मुगु घुम्न आउने पर्यटहरुलाई पनि समस्या परेको छ ।

हिमाली गाउँपालिका–३ लाम्पाटामा भएको प्रहरी चौकी स्थापना गर्ने घटना सम्बन्धी सहमति कार्यान्वयन नभएको भन्दै जेठ १० गते कर्णाली राजमार्ग ९कोरिडोर० पूर्ण रूपमा बन्द गरिएको थियो ।

वैशाख ८ गते हिमाली युवा क्लब, हिमाली गाउँपालिकाका राजनीतिक दल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलबिच २४ घण्टाका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको थियो ।

तर, सहमति अनुसार मागहरू कार्यान्वयन नभएको र स्थानीय माथि भएका चोरी सिकारी लुटपाट तथा तोडफोड घटनाको निष्पक्ष छानबिन अघि नबढेको आरोप लगाइएको छ । घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेको उपचार खर्चको व्यवस्था गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।