image
image
घट्यो सेयर बजार, डेढ अर्ब खुम्चियो कारोबार

घट्यो सेयर बजार, डेढ अर्ब खुम्चियो कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २०. २७ अंक घटेको छ । यसअघि शुक्रबार ११ तथा बिहीबार १३ अंकले बजार परिसूचक नेप्से घटेको थियो । आजको कारोबारपछि नेप्से २७३५ अंकमा अडिएको छ ।

आज कारोबार सुरु भएको ५ मिनेटपछि नै झर्न थालेको बजार अन्तिम समयसम्म रातो अंकमा रह्यो । ४१ कम्पनीको मूल्य बढ्दा २२३ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम डेढ अर्ब बढी घटेको छ । अघिल्लो दिन ५ अर्ब ६१ करोडको कारोबार भएकोमा आज ४ अर्ब ८ करोडको भयो ।

फाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.२६ प्रतिशत बढ्यो । अन्य, व्यापार र विकास बैंक सूचक १ प्रतिशतभन्दा धेरै घटे । व्यापार १.७७, अन्य १.५०, निर्जीवन बीमा ०.८३, माइक्रोफाइनान्स ०.५२, उत्पादन तथा प्रशोधन ०.४४, जीवन बीमा ०.५४, लगानी ०.३८, हाइड्रोपावर ०.९५, होटल तथा पर्यटन ०.७१, विकास बैंक १.०३ तथा बैंकिङ ०.४५ प्रतिशत घटे ।

कालिन्चोक हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको १३. ११, सोपान फर्मास्युटिकल्सको ९.९८, सामुदायिक लघुवित्तको ८.८५ प्रतिशत मूल्य बढ्यो ।

उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.१४ प्रतिशत घट्यो । सयपत्रि हाइड्रोपावरको ६.०१, सूर्यकुन्ड हाइड्रोको ३.७१ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएकामा कम्पनीमा सेन्ट्रल फाइनान्स, आँखुखोला जलविद्युत्, सिटी होटल, रिलायन्स स्पिनिङ मिल्स र नेसनल हाइड्रोपावर क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।