image
image
कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि., ग्वार्को–ललितपुरबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।

यस सम्झौताअनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू इनपेसियन्ट (Inpatient), आउटपेसियन्ट (Outpatient), आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १०% सम्मको विशेष छुट प्रदान गरिनेछ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटीएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइहरूमार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा–सुविधा उपलब्ध गराउँदै आएको छ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई संस्थागत जिम्मेवारीका रूपमा लिँदै, बैंकद्वारा देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ।

बदलिँदो समयसँग समन्वय गर्दै, सेवामा निरन्तर सुधार र थप सुविधा विस्तार गर्नुपर्ने आवश्यकतालाई आत्मसात् गर्दै, बैंकले आगामी दिनहरूमा अझ व्यापक र सुलभ सेवाहरू सुनिश्चित गर्ने अठोट व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।