image
image
अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबी

अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबी

काठमाडौं । अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै गएको छ । यसैबीच अमेरिकी रक्षा मन्त्रालय ९पेन्टागन० भित्र इजरायलले अमेरिकी अधिकारी र ट्रम्प सरकारको आन्तरिक जानकारी जुटाउन जासुसी गरिरहेको आरोप लागेको छ ।

एनबीसी न्युज रिपोर्टअनुसार दुई वर्तमान र एक पूर्व अमेरिकी अधिकारीले पेन्टागनको डिफेन्स इन्टेलिजेन्स एजेन्सी ९डीआईए० ले भर्खरै इजरायलसँग जोडिएको काउन्टर–इन्टेलिजेन्स खतराको स्तर बढाएर गम्भीर बनाएको बताएका छन् । यसलाई एजेन्सीको सबैभन्दा गम्भीर अलर्ट मानिन्छ ।

अमेरिका र इजरायल जस्ता अत्यन्त निकट सहयोगीहरूबीच यस्तो हुनु निकै असामान्य मानिन्छ । यद्यपि इजरायलले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । इजरायली दूतावासले आफूले अमेरिकी अधिकारीहरूको जासुसी नगर्ने र आफ्ना गुप्तचर एजेन्सीहरूले सहयोगी नभई शत्रुहरूमाथि निगरानी राख्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।