image
image
सशस्त्र हेडक्वार्टरमा आगलागी घटनाः डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

सशस्त्र हेडक्वार्टरमा आगलागी घटनाः डीआईजीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौं ।  सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ ।सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरेको हो । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ ।

‘घटनाबारे छानबिन गर्न हामीले समिति गठन गरेका छौं । समितिले काम सुरु गरिसकेको छ’ प्रवक्ता भट्टले भने । थापा नेतृत्वको समितिलाई हदम्याद तोकिएको छैन । सकेसम्म छिटो छानबिन सक्काएर प्रतिवेदन पेश गर्न भनिएको छ ।

बुधबार राति ८ बजेतिर सशस्त्र हेडर्क्वाटरस्थित सवारी शाखामा आगलागी भएको थियो । आगलागीबाट केही सवारीहरुमा क्षति पुगेको बताइएको छ । बंगलामुखी गणबाट आएको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।सशस्त्रमा हेडक्वाटर यसअघि पनि आगलागी भएको थियो । त्यस्तै सतंगलस्थित सशस्त्रको स्टोरमा पनि यसअघि आगलागी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।