image
image
ओलीले भने – राष्ट्रपति ‘रबरस्ट्याम्प’ बन्नुभयो, बडो जुक्तिका साथ लोकतन्त्र सिध्याउने काम हुँदैछ

ओलीले भने – राष्ट्रपति ‘रबरस्ट्याम्प’ बन्नुभयो, बडो जुक्तिका साथ लोकतन्त्र सिध्याउने काम हुँदैछ


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन् ।उनले राष्ट्रपति पौडेल सरकारको ‘रबरस्ट्याम्प’ बनेको आरोप पनि लगाएका छन् । एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्ने क्रममा उनले राष्ट्रपतिले धमाधम गर्न नहुने काम गर्दै गएको बताए ।

‘प्रधानमन्त्री बन्न संविधान चाहिएन । संविधान विपरीत प्रतिनिधिसभा भंग हुन्छ । अनि सम्मानीत राष्ट्रपतिजी भन्नुहुन्छ, बडो जुक्तिले लोकतन्त्र बचाएँ भनेर,’ ओलीले भने, ‘अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबरस्ट्याम्प बनेर जुन चिज गर्न नपर्ने हो संविधानको रक्षक र पालकको हैसियतमा । त्यो नगरेर जुन चिज नगर्न पर्ने हो त्यो गरेर जे मा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गरिरहनुभएको छ ।’

उनले बडो जुक्तिकै साथ एकपछि अर्को कदमबाट लोकतन्त्र सक्ने काम भइरहेको टिप्पणी पनि गरे ।‘सम्मानित संस्थाको बारेमा मलाई बोल्न मन थिएन । तस वास्तवमै बडो जुक्तिका साथ लोकतन्त्र एकपछि अर्को कदमबाट सिध्याउने काम भएको छ । जुन कुरा नेकपा एमालेलाई मान्य छैन, मान्य हुन हुँदैन । नेकपा एमाले देश, जनता, लोकतन्त्र, शान्ति, सुशासनप्रति प्रतिबद्ध पार्टी हो,’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।