image
image
अमेरिकी र इरानी सेनाबीच आक्रमण र प्रतिआक्रमणः  शान्ति वार्ता ठप्प

अमेरिकी र इरानी सेनाबीच आक्रमण र प्रतिआक्रमणः  शान्ति वार्ता ठप्प


काठमाडौं ।अमेरिकी र इरानी सेनाबीच आक्रमण र प्रतिआक्रमण भएपछि युद्ध रोक्ने शान्ति वार्ता ठप्प भएको छ।अमेरिकी सेनाले बुधबार इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोनहरू खसाल्ने मात्रै नभएर स्ट्रेट अफ होर्मुज नजिकका लक्ष्यहरूमा पनि आक्रमण गरेको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

इरानसँगको युद्धको नेतृत्व गरिरहेको अमेरिकी सेन्ट्रल कमान्डले केही समय अघि जारी गरेको विज्ञप्ति अनुसार अमेरिकी सेनाले इरानका धेरैवटा ब्यालिस्टिक मिसाइल र ड्रोनहरू खसालेको छ।

साथै मध्यपूर्वभर इरानद्वारा गरिएका आक्रमण प्रयासहरूको जवाफस्वरूप हर्मुजस्थित केश्म टापुमा आत्मरक्षात्मक आक्रमणु गर्‍यो। सेन्ट्रल कमान्डले त्यो भन्दा अघि विज्ञप्ति जारी गर्दै इरानी बन्दरगाहतर्फ जान खोजिरहेको खाली तेल बोक्ने जहाजलाई पर्सियाको खाडीमा निष्क्रिय बनाएको जनाएको थियो।

सो आक्रमणको प्रतिक्रिया स्वरूप इरानले हमला गरेको इरानमा शासन चलाइरहेको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)ले टेलिग्राम मार्फत वक्तव्य जारी गरेर भनेको छ।

गत हप्तादेखि भइरहेका लगातारका आक्रमणको क्रममा अमेरिकाले सप्ताहन्तमा पनि दक्षिणी इरानका सैन्य लक्ष्यहरूमा आत्मरक्षाका लागि हवाई आक्रमणको शृंखला चलाएको थियो। इरानी तटको गोरुक शहर र केश्म टापुमा रहेका राडार तथा ‘कमान्ड एन्ड कन्ट्रोल’ केन्द्रहरूलाई निशाना बनाएको अमेरिकाले जानकारी दिएको थियो।

आइआरजिसीले दक्षिणी इरानको एक सञ्चार केन्द्रमा आक्रमण गरेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको जनाएको थियो। अमेरिकाले बिहिबार राति पनि आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका दक्षिणी इरानका सैन्य संरचनाहरूमा हमला गरेको थियो।

सो हमला गर्न प्रयोग भएको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएको भनेर इरानले पनि दाबी गरेको थियो। अमेरिका र इरानबीच तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला पछिल्ला सैन्य कारबाही सार्वजनिक भएका हुन्।

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि इरानसँग हुने सम्झौतामा केही बुँदामा संशोधन खोजेका छन्।इरानसँग अप्रत्यक्ष रूपमा वार्ता गरिरहेको अमेरिकी टोलीसँग शुक्रबार दुई घन्टा छलफलका क्रममा  उनले अमेरिकाले अडान लिँदै आएका केही बुँदामा संशोधन गर्न वार्ता टोलीलाई अह्राएको अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।