भारतले मात्र होइन, नेपालले पनि भारतको सीमा मिचेको छ-प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद बारेमा मुख खोलेका छन्। प्रतिनिधिसभा बैठकमा जारी प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री शाहले सीमा विवाद कुटनीतिक हिसाब समाधान गरिने बताए।
श्रम संस्कृति पार्टीका सांसद् आर्यन राईको प्रश्नको जवाफ दिँदै उनले भने, म प्रधानमन्त्री भइसकेपछि के थाहा पाएँ भने भारतले नेपालको मात्र सीमा मिचेको छैन। नेपालले पनि भारतको सीमा मिचेको देखिएको छ। यो समस्या नेपाल र भारतबीच छलफल गरेर समाधान गर्छौँ'









