प्रधानमन्त्री बालेनले भने – ‘समाजवाद र साम्यवादको भाषण गर्न मजा आउँछ’
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले समाजवाद र साम्यवादको भाषण गर्न मजा आए पनि व्यवहारमा कार्यान्वयन गर्न कठिन रहेको बताएका छन् । विपक्षी दल नेकपाका सांसद प्रमेश हमालले विकासशील देशका रूपमा स्तरोन्नति गर्नेबारे सरकारको धारणा मागेपछि जवाफमा शाहले यस्तो बताएका हुन् ।
‘हामी निर्यातमुखी उत्पादन बढाउन र पैसा बढाउनेतिर ध्यान गएको छ’, प्रधानमन्त्री शाहले भने, ‘गरिब विपन्नको कुरामा साम्यवाद र समाजवाद भाषण दिन मजा हुन्छ । तर व्यवहारमा कठिन नै हुन्छ ।’ उनले आफू महानगरको मेयर हुँदा विपन्न परिवारकालाई १० प्रतिशत निःशुल्क शिक्षाको व्यवस्था गरेको भन्दै वास्तविक समाजवाद त्यही भएको बताए









