image
image
नयाँ संसद भवन सभाहलभन्दा फिल्म हलजस्तो भयो : ऐन महर

नयाँ संसद भवन सभाहलभन्दा फिल्म हलजस्तो भयो : ऐन महर

काठमाडौं ।  नेकपा एमालेका सांसद ऐन महरले नयाँ संसद भवनको संरचना र व्यवस्थापनप्रति असन्तुष्टि जनाएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले वर्तमान सरकारले अघिल्ला सरकारका अधिकांश कार्यक्रम, संरचना र अभ्यासहरू भत्काउने अभ्यास गरिरहेको टिप्पणी गरे । उनले त्यसबीच संसद भवनलाई भने सञ्चालनमा ल्याउने निर्णय गरिएको उल्लेख गर्दै नयाँ भवनबाट बजेट प्रस्तुत हुने विषय सकारात्मक भएको बताए ।

उनले भने, ‘अघिल्ला सरकारका अधिकांश कार्यक्रम र संरचना र अभ्यासहरुलाई वर्तमान प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले भत्काउने, तोड्ने अभ्यास गरिरहेको छ । तर बिडम्बना यो जुन संसद भवन छ यो संसद भवन चाँही चलाउने निर्णय गरेछ । यसलाई कायम गर्ने निर्णय गरेछ । जसमा यो नयाँ संसद भवनबाट नयाँ बजेट ल्याउने कुरा सुन्दा पनि असाध्यै खुसी लाग्यो ।’

तर ठूलो लगानी र लामो समय लगाएर निर्माण गरिएको संसद भवनलाई दीर्घकालीन महत्वअनुसार सही ढंगले सञ्चालन र व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

सांसद महरले प्रतिनिधिसभा हलको संरचनामाथि प्रश्न उठाउँदै सांसदहरू ‘फिल्म हेर्न आएको होइन’ भन्दै टिप्पणी गरे । उनले हलका सिटहरू फिल्म हलजस्ता र टेबलहरू कक्षाकोठाजस्ता बनाइएको आरोप लगाए ।

उनले भने, ‘धेरै ठूलो लगानीमा र धेरै समय लगाएर बनाएको यो भवन दिर्घकालीन महत्वको भवनलाई सही ढंगले सञ्चालन गर्ने, सही ढंगले व्यवस्थापन गर्नुपर्ने त्यो आवश्यकता छ । त्यो प्रतिनिधिसभाको हल हो । त्यहाँ सांसदहरू फिल्म हेर्न आएका होइनन् । त्यसका सिट फिल्म हलको जस्तो बनाइएको छ, टेबल कक्षाकोठाका जस्ता बनाइएका छन् । त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ ।’उनले संसद भवनको संरचना सभाहलभन्दा बढी फिल्म हलजस्तो देखिएको टिप्पणी गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।