image
image
इरानसँगको सम्झौतामा हतार नगर्न राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन

इरानसँगको सम्झौतामा हतार नगर्न राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी वार्ताका क्रममा आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिएका छन्। इरान र अमेरिकाबिच सम्झौताको सहमति नजिक पुगेको रिपोर्टहरू सार्वजनिक भइरहेका बेला ट्रम्पको यस्तो भनाइ बाहिर आएको हो।

अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार दुई देशबीच भइरहेको छलफलमा ६० दिनको युद्धविराम थप गर्ने, स्ट्रेट अफ होर्मजलाई पुनः खोल्ने र इरानको आणविक कार्यक्रमका विषयमा थप वार्ता अगाडि बढाउने बुँदाहरू समावेश छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्चालनमा एक पोस्ट गर्दै वार्ता रचनात्मक रूपमा अघि बढिरहेको भए पनि दुवै पक्षले पर्याप्त समय लिएर यसलाई सही रूपमा टुङ्ग्याउनुपर्ने उल्लेख गरेका छन्। यसअघि शनिबार मात्रै ट्रम्पले धेरैजसो बुँदामा सम्झौता भइसकेको बताएका थिए, जसले गर्दा छिट्टै नै औपचारिक घोषणा हुन सक्ने अनुमान गरिएको थियो।

इरानी सञ्चारमाध्यमहरूले भने सम्भावित सम्झौतामा अझै पनि एक वा दुई बुँदामा असहमति कायमै रहेको जनाएका छन्। इरानी अधिकारीहरूले पनि सप्ताहान्तमा भएको वार्तामा प्रगति भएको संकेत त गरेका छन्, तर विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले प्रगतिको अर्थ मुख्य मुद्दाहरूमा सम्झौता भइहाल्छ भन्ने नभएको स्पष्ट पारेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।