क्रियाशील अद्यावधिक गर्न सुदूरपश्चिमकेन्द्रित हुँदै नेपाली कांग्रेस
काठमाडौं । हामन्त्री प्रदीप पौडेल संयोजक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिममा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ।कोशीलगायत विभिन्न प्रदेशमा समितिले अन्तर्क्रियात्मक कार्यक्रम गरिसकेको छ र अब सुदूरपश्चिममा केन्द्रित हुन लागेको हो।
कञ्चनपुरको महेन्द्रनगरमा जेठ ११ गते क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालको भनाइ छ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको उपस्थितिमा कार्यक्रम हुनेछ। यस कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई आवश्यक समन्वय र सहजीकरण गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ।









