image
image
पाकिस्तानले पठायो  इरानबाट साउदीलाई जोगाउन लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक

पाकिस्तानले पठायो  इरानबाट साउदीलाई जोगाउन लडाकु विमानको स्क्वाड्रन र हजारौं सैनिक


 काठमाडौं । इरानको आक्रमणबाट साउदी अरेबियालाई जोगाउन पाकिस्तानले आठ हजार सैनिक, लडाकु विमानको एक टोली ९स्क्वाड्रन० र हवाइ रक्षा प्रणाली पठाएको छ। अमेरिका(इरान युद्ध अन्त्य गर्न मुख्य मध्यस्थकर्ताको भूमिका खेलिरहेका बेला पनि साउदी सँग आपसी रक्षा सम्झौता गरेको पाकिस्तानले सैन्य सहयोगलाई तीव्रता दिएको छ। साउदीमाथि थप आक्रमण भएमा त्यहाँको सेनालाई सहयोग गर्नु एक ठूलो र युद्ध(सक्षम सैन्य बल पठाएको भनेर तीन सुरक्षा अधिकारी र दुई सरकारी स्रोतहरूको हवाला दिंदै समाचार संस्था रोएटर्सले जनाएको छ। 

पाकिस्तानले अप्रिलको सुरुमा चीनसँग मिलेर संयुक्त रूपमा निर्माण गरिएका मुख्यतया जेएफ(१७ लडाकु विमानहरू सहितको करिब १६ वटा विमानको पूर्ण स्क्वाड्रन साउदीमा तैनाथ गरेको छ। पाकिस्तानले ड्रोनका दुईवटा स्क्वाड्रन पनि पठाएको छ। 

यस तैनाथीमा करिब आठ हजार सैनिक समावेश छन् र आवश्यक परेमा थप सैनिक पठाउने प्रतिबद्धता पनि पाकिस्तानले व्यक्त गरेको छ। यसका साथै चीनमा बनेको एचक्यु९९ हवाइ रक्षा प्रणाली पनि सामेल छ।

यी सैन्य उपकरणहरू पाकिस्तानी कर्मचारीहरूद्वारा सञ्चालन गरिने र यसको खर्च साउदीले बेहोर्ने छ। गत सेप्टेम्बरमा पाकिस्तान र साउदीले आपसी रक्षा सम्झौता गरेका थिए। तेल बेचेर धनी बनेको साउदीले लामो समयदेखि पाकिस्तानलाई आर्थिक सहायता गरिरहेको छ। एक राष्ट्रमाथि गरिएको हमलालाई दुवैमाथिको आक्रमण मान्ने उक्त सम्झौता गरेपछि भने पाकिस्तान साउदीसँग सैन्य मामलामा पनि औपचारिक रूपमा जोडिएको छ।

साउदीमा करिब १० हजार पाकिस्तानी सैनिक पहिलेदेखि नै उपस्थित छन्। अमेरिका र इसराइलले आक्रमण गरेपछि इरानले साउदीसहित अरू खाडी राष्ट्रमा पनि लगातार प्रहार गरेको थियो। त्यसैले साउदीको सुरक्षाका लागि पाकिस्तानले थप सैनिक पठाएको हो।

अमेरिका–इरान युद्धको सुरूदेखि नै इरानले साउदी लगायत छिमेकी राष्ट्रमा लगातार प्रहार गरिरहेको छ। अहिले पाकिस्तानले रक्षात्मक रूपमा मात्रै साउदीलाई सहयोग गरिरहेको छ। तर साउदी पनि युद्धमा सहभागी भए रक्षा सम्झौताका कारण पाकिस्तान पनि युद्धमा सामेल हुन साउदीको दबाब पर्न सक्छ। त्यसैले पाकिस्तानले युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।