image
image
आन्दोलनमा नेपाल बार, आज लालटिन बालेर अदालत प्रशासनको विरोध गर्ने

आन्दोलनमा नेपाल बार, आज लालटिन बालेर अदालत प्रशासनको विरोध गर्ने


 काठमाडौं ।  कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले केहीबेरअघिको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेको छ । विकसित घटनाक्रमहरूलाई नजिकबाट निकालिरहेको बारले प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णय हुनासाथ तत्काल विरोधसहित विज्ञप्ति निकालेको हो । बारले उक्त निर्णयलाई स्वेच्छाचारी र असंवैधानिक भन्दै त्यसले संवैधानिक सर्वोच्चता र संविधानवादमाथि समेत प्रहार भएको निष्कर्ष निकालेको छ ।

प्रतिनिधिसभा विघटनको निर्णयले लामो र कठिन संघर्षपछिको नेपाली लोकतन्त्रलाई कमजोर बनाएको र संघीयताको उपलब्धि खोज्ने प्रयास गरेको टिप्पणी गरेको छ । बारले विज्ञप्तिमा भनेको छ, ‘प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यस अघिको संसद् पुनर्स्थापना सम्बन्धी निर्णय विपरीत समेत छ ।’

अवधि नपुग्दै प्रतिनिधिसभा विघटन गर्ने अभ्यासले लोकतान्त्रिक संस्थाहरूमाथिको जनविश्वास घटाउने र मुलुकको संवैधानिक व्यवस्थाको जगलाई खतरामा पार्ने बारको विश्लेषण छ । कुनै पनि बाहनामा हुने पञ्चगामी कदमलाई आफूले अस्विकरा गर्ने भन्दै बारले त्यसविरुद्ध आफूले गर्ने विरोध र चाल्ने कदममा साथ दिन सबैलाई आग्रह गरेको छ ।

बार अध्यक्ष डा. विजय प्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाले संयुक्त विज्ञप्ति निकालेर विघटनको निर्णयको विरोध गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।