image
image

रोलिङ नेक्ससको ‘रोलिङ क्याट’- अब सबै तयारी कक्षा घरबाटै,  यस्ता छन् फाइदा     

काठमाडौं । रोलिङ नेक्ससले महामारीको समयमा घरबाटै अनलाईनमार्फत पढ्न मिल्ने ‘रोलिङ क्याट’ (Rolling CAT) तयार गरेको छ । नेपालको पहिलो व्यवसायीक सञ्जाल नेक्ससले ‘रोलिङ कम्प्युटर एडप्टिभ टेस्ट’ ल्याएको हो ।

यसमार्फत कोभिड–१९ महामारीको समयमा विद्यार्थीलाई चाहिने आधारभुत ज्ञान, सीप र दक्षताको परिक्षण र समाधान पाउन सकिन्छ । यसैगरी, रोलिङ क्याटबाट लोक सेवा आयोग र शिक्षक सेवा आयोगदेखि शाखा अधिकृत परिक्षाको अभ्यास परिक्षा सञ्चालन गर्न मिल्छ ।

यस्तै, रोलिङ क्याटमार्फत लोक सेवा, शिक्षक सेवा, बैंकिङको अनलाईन तयारी कक्षा सञ्चालन हुन्छ । यसका लागि विद्यार्थीहरु www.Rollingnexus.com/CAT मा गएर आफुलाई अबद्ध गर्नु सक्नेछन्।

यस्ता छन् यसका फाइदा :
१।  रोलिङ क्याटमार्फत लोक सेवा, शिक्षक सेवा र शाखा अधिकृत बन्न चाहने तर त्यसका लागि समय नहुनेलाई फाइदा गर्ने कम्पनीले बताएको छ । प्रयोगकर्ताले आफुले चाहेको समयमा सजिलै तयारी गर्न सक्छन् 
२। शहरी क्षेत्र र इन्टरनेटको पहुँचबाट टाढा भएका व्यत्तिले पनि सजिलै अध्ययन गर्न पाउने । 
३। अनलाइनमार्फत दैनिक अभ्यास गर्दा आफ्नो प्रगती भए नभएको थाहा पाउनुका साथै तुरुन्तै पृष्ठपोषण प्राप्त गर्न सकिने ।  
४। न्यूनतम मूल्यमा ईन्टरनेटको माध्यमबाट सजिलै गुणस्तरिय र भरपर्दो अभ्यास नमुना प्रश्नपत्र प्राप्त गर्न सकिने ।
५। आयोग तयारी गर्न चाहिने सम्पुर्ण स्रोत तथा सन्दर्भ सामाग्री लोक सेवा आयोग र शिक्षक सेवा आयोगको पुर्ण पाठ्यक्रममा अधारित भइ बिशिष्टिकरण तालिका अनुसार तयार गरिएको छ।   
६। हरेक दिन प्रश्नहरुको अभ्यास गर्दा विधार्थीहरुमा गरेर सिक्न सकिन्छ भन्ने भावनाको विकास हुने र मनोबल बढ्ने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।