image
image
सन्दीपले लामिछानेले तोडे स्टार्कको कीर्तिमान, बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी

सन्दीपले लामिछानेले तोडे स्टार्कको कीर्तिमान, बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी


 काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछानेले अष्ट्रेलियन बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका छन् । उनले ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट बलरको कीर्तिमान बनाएका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डविरुद्ध २ विकेट लिएपछि सन्दीपले ७३ खेलमै १५० विकेट लिएर उक्त कीर्तिमान बनाएका हुन् । यसअघि स्टार्कले ७७ खेलमा १५० विकेट लिएका थिए । सन्दीप ओडीआईमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी समेत हुन् । सन्दीपले ४२ खेलमै उक्त उपलब्धि हासिल गरेका थिए ।

सन् २०१८ मा नेदरल्याण्डसविरुद्ध खेल्दै ओडीआई डेब्यु गरेका २५ वर्षीय सन्दीपले नेपालका लागि ७३ ओभरमा १५१ विकेट लिइसकेका छन् । यस्तै उनले ब्याटिङमा पनि ५०० रन बनाएका छन् । यस्तै उनले ७४ टी–२० आई खेलमा १३६ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।