image
image
पूर्णबहादुर सहभागी कर्णाली भेलाले भन्योपार्टीको सबै तहमा २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व हुनुपर्छ

पूर्णबहादुर सहभागी कर्णाली भेलाले भन्योपार्टीको सबै तहमा २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व हुनुपर्छ

 काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का सहभागी रहेर दुई दिनसम्म सुर्खेतमा चलेको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षको भेलाले पार्टीमा युवाहरूको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ।यो भेला 'विचार गोष्ठी' का रूपमा चलेको थियो। शनिबार र आइतबार भेला भएको थियो। उक्त भेलामा प्रमुख अतिथि थिए- निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का। 

उक्त भेलाले 'बृहत्तर एकता र भावी कार्यदिशाका लागि १० सुत्र' पनि तय गरेको छ।जसअनुसार पार्टीको सबै तहमा न्यूनतम २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने उल्लेख छ।‘समावेशीताको सिद्धान्तअनुरूप कदमजमलाई पूर्ण कार्यान्वयन गर्दै चेतना र वैश्विक प्रविधिको विकाससँगै पार्टीको सबै तहमा न्यूनतम २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्दछ,’ जेठ २ र ३ मा भएको भेलाको निष्कर्ष छ।

कांग्रेसको नयाँ विधानअनुसार हरेक निर्वाचन क्षेत्रबाट ३० वर्षमुनिका ३ जनाका दरले महाधिवेशन प्रतिनिधि आउने व्यवस्था छ। अहिले कांग्रेसले ३० वर्षमुनिकालाई आवेदन दिनेबित्तिकै क्रियाशील सदस्यता पनि दिने गरेको छ।

साथै पार्टीको १५ औं महाधिवेशन एकताको महाधिवेशन हुनुपर्ने  कर्णाली प्रदेशको प्रष्ट दृष्टिकोण रहेको पनि उल्लेख छ। खड्का प्रमुख अतिथि रहेको यो कार्यक्रममा कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही पनि सहभागी थिए।

पार्टी सभापति गगन थापाले पार्टीका शीर्ष नेता, पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग सघन छलफल गरी १५ औं महाधिवेशनलाई विश्वसनीय, निष्पक्ष र सम्पूर्ण कांग्रेसजनको सहभागिताको वातावरण सुनिश्चित गर्न नेतृत्वदायी पहलकदमी तत्काल प्रारम्भ गर्न पनि अनुरोध गर्ने निर्णय भएको छ।क्रियाशील अद्यावधिक कार्य स्थगित गरी बृहत्तर एकता र सहमतिका आधारमा १५ औं महाधिवेशनको सबै प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा यो समूह छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।