image
image
कंगो र युगान्डामा इबोला फैलिँयो, डब्लुएचओद्वारा ’विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा

कंगो र युगान्डामा इबोला फैलिँयो, डब्लुएचओद्वारा ’विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा

 काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) को पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई ‘अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल’घोषणा गरेको छ।

डब्लुएचओका अनुसार हालको प्रकोप इबोलाको ‘बुन्डिबुग्यो’ प्रजातिबाट फैलिएको हो, जसका लागि अहिलेसम्म प्रमाणित औषधि वा खोप उपलब्ध छैन। धिकारीहरूका अनुसार हालसम्म ८ जनामा संक्रमण पुष्टि, करिब २४६ सम्भावित संक्रमित र ८० जनाको मृत्यु भएको छ। संक्रमण छिमेकी युगान्डासम्म फैलिएको छ, जहाँ २ जनामा इबोला पुष्टि भइसकेको छ।

डब्लुएचओले संक्रमण नियन्त्रणका लागि आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र कडा निगरानी प्रणाली लागू गर्न आग्रह गरेको छ। साथै, सीमा बन्द वा यात्रा प्रतिबन्ध जस्ता कदम वैज्ञानिक आधारबिना हुने भन्दै त्यस्ता उपाय नअपनाउन चेतावनी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।