बुटवलमा आज सुकुमवासीको प्रदर्शन, भोलि राष्ट्रिय सम्मेलन गर्दै
काठमाडौँ । सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था विना सरकारले वर्षौंदेखि बसेको वस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आज बुटवलमा वृहत प्रदर्शन र राष्ट्रिय सम्मेलन आयोजना गरेका छन् ।
नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा प्रदर्शन र सम्मेलन आयोजना भएको हो ।बुटवलको राजमार्ग चौराहामा जम्मा भएर दिउँसो १ बजे शुरु हुने प्रदर्शन ट्राफिकचोक पुगेर सभामा परिणत हुने आयोजकले बताएका छन् । ।









