image
image
सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा काठमाडौं महानगरपालिकाको जोड

सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा काठमाडौं महानगरपालिकाको जोड


काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो ।

यसरी सञ्चालन गरिएका तालिमहरुमध्ये बाल विकास सहजकर्ता (इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना र संस्थागततर्फ ११६ जनालाई तालिम प्रदान गरिएको छ । यी विधामा क्रमशः १२८ जना, १४० जना, १७२ जना र १२० जनालाई तालिम दिने लक्ष्य राखिएको थियो ।

सूचना तथा प्रविधि सम्बन्धी तालिममा ३८५ जना, एकीकृत पाठ्यक्रम कार्यान्वयन तथा मूल्याङ्कन र विषयगत रुपमा प्रश्नपत्र निर्माण तथा विद्यार्थी मूल्याङ्कन सम्बन्धी तालिममा ४६० जना र प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीको अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी भएका थिए । यी शीर्षकमा क्रमशः ४२८ जना, ५४० जना र ८३ जना शिक्षकलाई तालिम दिने लक्ष्य राखिएको थियो ।

शिक्षकहरुको क्षमता विकास गर्ने, यसरी सिकेको ज्ञान, सिप र आचरणलाई कक्षा कोठामा प्रदर्शन गर्न प्रोत्साहन गर्ने कार्यक्रमबाट सामुदायिक शिक्षा सुधारको कार्यक्रम अगाडि बढाइएको शिक्षा अधिकारी ढकालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।