खुश्बु ओलीको ओरोप, प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी बन्न खोज्नुभएन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी बन्न नखोजेको बताएकी छन् । प्रतिनिधिसभाको चलिरहेको बैठकमा उनले प्रधानमन्त्रीले महत्त्व नदिएको रूपमा आफूले बुझेको बताइन् ।
नीति तथा कार्यक्रममा समेटेका र नयाँ आइडिया सदनमा पेस गर्नुपर्ने बेलामा संसदमै प्रधानमन्त्री अनुपस्थित हुनु अनौठो रहेको उनको भनाइ थियो ।









