ट्रम्पले भनेः तपाईं एकदम राम्रो नेता हो, यसो भन्दा मलाई कतिपयले गाली गर्छन्
काठमाडौं । काठमाडौंः बेइजिङमा दुई सर्वशक्तिमा नेताको भलाकुसारी रोचक देखिएको। ट्रम्पको स्वागतमा आयोजित समारोहमा चिनियाँ राष्ट्रपति सी चीन फिङले भनेः अहिले संसार विभिन्न खाले जटिल समस्याले जेलिएको छ। तर हामी संसारका शक्तिशाली देशहरूबीच राम्रो सम्बन्ध हुँदा ती समस्या समाधान हुन सक्छन्।
हामी दुई शक्तिशाली देश जुध्नै पर्छ भन्ने मान्यता भत्काउन सक्छौँ। चीन र अमेरिकाले संसारमा ठूला र शक्तिशाली मुलुकबीच पनि राम्रो सम्बन्ध हुन्छ भन्ने पुष्टि गर्न सक्छन्। यो सकारात्मक सुरुवात भएको छ।
त्यसपछि बोलेका ट्रम्पले भनेः हामी दुई देश र दुई राष्ट्रपतिबीच सबैभन्दा लामो सम्बन्ध छ। यो शीर्ष वार्ता विश्वकै सबैभन्दा ठूलो शीर्ष वार्ता हो। मलाई एकदम खुसी र सम्मानित अनुभव भैरहेको छ। स्वागतमा जम्मा भएका केटाकेटीले सबैभन्दा आकर्षित गरे।
सेनाको राम्रो थियो तर केटाकेटी अद्भूत थिए। ती केटाकेटीले तपाईंको प्रतिनिधित्व गर्छन्। तपाईं एकदम राम्रो नेता हो, यसो भन्दा मलाई कतिपयले गाली गर्छन्।









